सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

0
26
Five cats looking around a field.

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९आँै राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

 प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरे । 

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गरे । विसं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको उल्लेख गरे । “नेपालमा कोरोना भाइरस छैन, नेपाल कोरोना भाइरसमुक्त छ, यसबाट जोगिनका लागि व्यवस्थापन गरिएको छ, डराउनुपर्ने कुनै अवस्था छैन ।” प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गरे । सम्मेलनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री डा युवराज खतिवडाले समेत सम्बोधन गरेका थिए ।

सङ्घका अध्यक्ष सुशील भट्टले देशको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्नेछ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि सहभागी रहेका छन् ।

The post सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली appeared first on Rajdhani Daily News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0