
रत्ननगर, जेठ ६- वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालको नगर रत्ननगर नगरपालिकामा उनको दल पत्तासाफ भएको छ । उपमेयर सहित वडाध्यक्ष र वडासदस्यमा उमेदवारी दिएको सो पार्टीका उमेदवार पराजित भएका छन् ।
मेयर र उपमेयरमा मात्र गठबन्धन भएको सो नगरमा समाजबादीले उपमेयर पाएको थियो । समाजबादीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका खनालले रत्ननगरमा वडातहमा गठबन्धन मिलाउन नसक्दा हार वेहोर्नु परेको हो ।
१६ वटा वडा रहेको रत्ननगरमा समाजबादीले वडा नं ४ र ५ बाहेक अन्य वडामा वडाध्यक्ष सहित वडा सदस्यमा उमेदवारी दिएका थिए ।
