अछाममा जीप दुर्घटना, १ को मृत्यु, १२ जना घाइते

0
23

अछाम । अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं. ३ का राम नेपाली रहेको अछाम प्रहरीले जनाएको छ ।

जिल्लाको ढकारीबाट मंगलसैनतर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझमा दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको जिल्ला अस्पताल अछाममा उपचार हुन नसकेर थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेका बेला उनको मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उरिक्षक (डिएसपी) दिपक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये चिन्ताजनक अवस्थामा रहेकी पार्बती सुर्जीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा अछामको ढकारी गाउँपालिका ३ का पारु नेपाली, धनसरा नेपाली उज्जले नेपाली, पहराम बुढा, ढकारी ६ का टीका सुर्जी, साँफेबगर नगरपालिकाका मुकेश सुनार, कमलबजार नगरपालिका ५ का पार्वती गुरुङ, ढकारी १ का तपेन्द्र बुढा, सोही ठाउँका जीप चालक ललि नेपाली, कैलाली बौनियाका खकेन्द्र सुनार र पारश सुनार रहेका छन् ।

ढकारीबाट मंगलसेन आइरहेको से १ ज ९१० नम्बरको यात्रुवहाक जीप आज मध्यान्ह करिब १२ बजेतिर कमलबजार नगरपालिका–६ हात्तीबाँझमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये अर्का १ जनाको अवस्था गम्भिर रहेको अछाम प्रहरीले जनाएको छ । घाइतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भैरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । तीब्र गति र बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

The post अछाममा जीप दुर्घटना, १ को मृत्यु, १२ जना घाइते appeared first on Rajdhani Daily News.

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

Previous articleनेकपा नेता प्रभु साहसँग स्पष्टीकरण माग
Next articleखराब वायु प्रदूषणको शीर्ष ३० सूचीमा भारतका २१ शहर, नेपाल पनि प्रदूषणको जोखिममा