कोरियामा रहेका नेपालीले आफन्तलाई भनेः नआत्तिनुहोस, हामीलाई केहि भएको छैन , घर फर्किनुपर्ने वाध्यात्मक अवस्था छैन

0
21

काठमाडाैं । कोरियामा रहेका नेपाली कामदारहरुले आफूहरु सुरक्षित हेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्ना आफन्तहरुलाई नआत्तिन समेत अपिल गरेका छन् । कोरियाको उल्सान शहरमा रहेका वुटवलका नारायण कँडेलले राजधानीसँगको कुराकानीका क्रममा डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, हामी एकदम सुरक्षित छौं ।

जोखीम त छ तर, कोरिया सरकारले संक्रमण देखिए अस्पताल आउन भनेको छ । यस्तै, मास्क लगाएर मात्रै कोरियामा रहेका नेपाली कामदारहरुले काम गर्दै आएका छन् । यहाँको सरकारले अफ्ठेरो परे अस्पताल आउन भनेको छ ।

कामदारहरुले प्रवेश गर्नुपूर्व ज्वरो नाप्नुपर्ने हुन्छ । यस्तै, आफूहरु धेरै टाढा टाढा ननिस्कीएको समेत उनीहरुको भनाई छ । कोरियाको सरकारले संक्रमणको लक्षण देखिए सबैलाई सुरक्षित तवरले उपचार गर्ने वाचा समेत जनाइसकेको छ ।

The post कोरियामा रहेका नेपालीले आफन्तलाई भनेः नआत्तिनुहोस, हामीलाई केहि भएको छैन , घर फर्किनुपर्ने वाध्यात्मक अवस्था छैन appeared first on Rajdhani Daily News.

इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

Previous articleभ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह
Next articleसँधै पीडितको पक्षमा ‘सीधाकुरा जनतासँग’