जनकपुरधाम । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल धनुषाले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको भूमिकाको सरकार सम्बद्ध दल नेकपामुखि भएको भन्दै विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ ।
बालुवाटार जग्गा प्रकरणमा सरकारको प्रभावमा परि अख्तियारले दोषीलाई उन्मुक्ति दिएको भन्दै तरुण दल धनुषाले प्रदर्शन गरेका हो ।
सत्तारुढ दल नेकपाले सत्ताको दुरुपयोग गरेर बालुवाटार जग्गा प्रकरणमा सरकारले मुख्य दोषीहरुलाई उन्मक्ति दिँदै राजनीतिक पूर्वाग्रह राखेको र अख्तियार पनि सरकारकै मतियार बनेको तरुण दल धनुषाको आरोप छ ।
तरुण दल धनुषाका अध्यक्ष संजयलाभ कर्णले जग्गा प्रकरणका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणि पौडेलजस्ता व्यक्तिलाई उन्मुक्ति दिएर राजनीतिक प्रतिशोध साध्न काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सरकारले फसाएको आरोप लगाए ।

राजनीतिक पूर्वाग्रहको ढङ्गले गच्छदारविरुद्ध लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, जग्गा प्रकरणका प्रमुख दोषी पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने लगायतका माग गर्दै जनकपुरमा तरुण दलले नगर प्रदर्शन गरेको थियो ।
जनकपुरधाममा रहेको गोपालधर्मशालाबाट निकलेको तरुण दलको विरोध प्रदर्शन जनक चोक, शिव चोक, भानु चोक लगायत नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता बिशेश्वर यादव,कन्हैया कर्ण, धिरेन्द्र मोहन झा, नरेश यादव,शत्रुधन श्रेष्ठ, महिला संघ का तुलसा आचार्य, अनिता श्रीवास्तव, नेविसंघ पूर्व केन्द्रिय सदस्य सन्जिव यादव, हाशिम नदाफ, जगदीश चौधरी, सुमन्त यादव, तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह, कपलेसर महतो, सचिव श्याम सुन्दर साह, रुपेश ठाकुर, सुभाष झा, बिनय राय, जगदीश नायक, मएकवाल यादव, राहुल मिश्रा, अजय गुप्ता, महेस साह, सुभाष पाठक लगायतको सहभागिता रहेको थियो ।

The post अख्तियार नेकपामुखी भएको भन्दै तरुण दलको प्रदर्शन appeared first on Rajdhani Daily News.