काठमाडौं, २७ माघ । क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरी काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी सोमबार काठमाडौं आइपुगेका हुन् ।
सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनधि मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल–क्यानडा संसदीय मैत्री समुहका संयोजक एवं सांसद खगराज अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र फ्युरीबीच भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसद सचिवालय भेटवार्ता भएको हो ।
सभामुख जे फ्युरीले भोलीे प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेटवार्ता गर्ने र पाटन म्युजियम भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

The post क्यानडाको सिनेटका सभामुख नेपालमा appeared first on Koshi Online.