फेरी सञ्चालन पछि भोजपुरको षडानन्द तराईसँग जोडियो

0
260
Five cats looking around a field.

अरुण नदीमा फेरी सञ्चालनमा आएपछि भोजपुरको षडानन्द नगरपालिकाको तराईसँग सिधा यातायात पहुँच पुगेको छ।

भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको मनकामनाबीचमा रहेको अरुण नदीको सतिघाटमा फेरी (गाडी तार्ने नाउ) सञ्चाउनमा आएसँगै षडानन्द नगरपालिकाका जनताले दिंगलाबाट सिधै तराई सम्मको यात्रा गर्न सक्ने भएका हुन्।

फेरी नगरपालिकाको करिब २ करोड लागानीमा निर्माण गरेको हो।

ट्याम्के मैयुङ यातायात प्रालिका अध्यक्ष दिपेस बिष्टका अनुसार फेरी सञ्चालनमा आए पछि भोजपुरको उत्तरी क्षेत्रका जनता हर्षित भएका छ्न। बिष्टले दिंगलाबाट दैनिक रुपमा ईटहरीसम्म र तुम्लिङटार खाँदबारीसम्म सहज रुपमा जान सकिने बताए। उनले भने फेरी सञ्चालनमा आएसँगै नगरका जनताको समय वचत हुनुको साथै सस्तो मुल्यमा सहज रुपमा यात्रा गर्न सकिने भएको छ।

आइतवार संघीय सांसद सुदन किराँती र षडानन्द नगरपालिकाका मेयर बिरबल राईले संयुक्त रुपमा फेरीको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले फेरी निर्माण भएसँगै षडानन्द नगरपालिकाको विकासको ढोका खुलेको बताए।

फेरी सञ्चालन भएपछि स्थानीय मिलन बिक्रम सिंह बस्नेतले भने, ‘अरुण नदीमा पुल नहुँदा तराई जान र तुम्लिङटार सम्म जान पनि धेरै समय लाग्थ्यो। २,३ वटा गाडी चढ्नुपर्थ्यो भने अहिले सिधै जान सकिन्छ। यसले हामी जनतालाई धेरै सजिलो भएको छ।’

जनतालाई आवत जावतमा सहजता हुनुको साथै दैनिक उपभोग्य सामाग्री ढुवानीमा सहज हुनुको साथै भोजपुरको उत्तरी क्षेत्रका जनताको समृद्धिको पाहिला अगाडि बढेको ट्याम्के मैयुङ्ग यातायात प्रालिका अध्यक्ष बिष्टले बताए।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0