मनाङ मर्स्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा

0
20

मनाङ मर्स्याङ्दी क्लब २२औं बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ। धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो।

मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरे। खेलको २० औं मिनेटमा कमल श्रेष्ठको क्रसमा विमलले हेडर गोल गर्दै अग्रता दिलाएका थिए।

दोस्रो हाफको इन्जुरी समयमा दयानन्दले अग्रता दोब्बर पारे। दयानन्दले निशान लिम्बुको क्रसमा हेडर गोल गरेका थिए।

गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। उपाधि भिडन्त शनिबार हुनेछ।

‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ

Previous articleअझै उठेनन् भूकम्पले ढलेका निजी आवास
Next articleप्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा