जनकपुरधाम, २८ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानमा नेपाली जनताको मूल भावना नसमेटिएको बताएका छन् ।
नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको उल्लेख गरे ।
संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रतालगायत उपलब्धिमूलक धारा भए पनि उनले यसको कार्यान्वयन पक्ष जटिल रहेको धारणा प्रकट गरे ।

यसैगरी अध्यक्ष यादवले संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको बताए ।
उनले सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको विचार प्रकट गरे ।
उनले राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्नेमा जोड दिए ।
उनले राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले परिवर्तनका लागि शक्ति आवश्यक रहेकाले शक्ति सुदृढीकरणका लागि कार्यकर्तालाई सङ्गठन बलियो बनाउन आह्वान गरे ।
The post उपेन्द्र यादवले भने–‘संविधानमा मूल भावना समेटिएको छैन’ appeared first on Koshi Online.