पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा

0
52

टेनिस सुन्दरी मारिया सारापोभाले पेशागत टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छन्।

पाँचपटक ग्रान्ड स्ल्याम टाइटल जितेकी ३२ वर्षको उमेरमा ‘प्रोफेसनल’ खेलयात्रा रोकेकी हुन्।

उनी केहि वर्षदेखि काँधको समस्यासँग जुधिरहेकी छन्।

यस वर्ष दुइवटा खेलमात्र खेलेकी उनी दुवैमा पराजित भएकी थिइन्।

सन् २००४ मा १७ वर्षको उमेरमै उनले विम्वलडन जितेर टेनिसमा चम्केकी उनले त्यसपछि फ्रेन्च ओपनमा दुई उपाधी र युएस ओपन र अष्ट्रेलियन ओपनमा एकएक उपाधी जितेर स्टार टेनिस खेलाडीको रुपमा स्थापित भएकी थिइन्।

-एपी 

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

Previous articleघुससहित कार्यालय सहयोगी पक्राउ
Next articleदिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो