यातायात कार्यालयका केही कागजपत्र अख्तियारको नियन्त्रणमा

0
23

वीरगन्ज । अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जबाट केही कागजात लिएर फर्किएको छ । समय समयमा भ्रष्टाचार र घुस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा आएको अख्तियारको टोलीले बुधबार केही कागजपत्र लिएर फर्किएको हो ।

पछिल्लो समयमा पनि केही अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानविन गर्न केही कागजपत्र लिएर फर्किएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले राजधानीलाई बताए । केही शंका लागेका र त्यहाँ हेरिनसकेका कागजपत्रका केही प्रतिलिपी र केही सक्कल पनि लिएर टोली फर्किएको उनको भनाइ छ ।

‘के कागजात लिएको भन्ने हामीले भन्न मिल्दैन । अख्तियार कार्यालय हेटौडाका सूचना अधिकारी रेग्मी सरसँग नै बुझ्नुस्ं’ टोलीमा आएका सदस्यहरुले भने । यातायात व्यवस्था कार्यालय वीरगन्जका कर्मचारीले पनि केही कागजपत्र अख्तियारको टोलीले लिएर फर्किएको बताए ।

अख्तियारमा परेको उजुरी अनुसार नियमित चेकजाँच गर्न टोली पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयले जनाएको छ । आजको निगरानीलाई छापा मारेको नै नभनौं । कार्यालयको आफ्नो नियमित चेकजाँच गर्ने क्रममा उजुरी आए अनुसार निगरानी गरिरहेको हो सूचना अधिकारी रेग्मीले भने ।

The post यातायात कार्यालयका केही कागजपत्र अख्तियारको नियन्त्रणमा appeared first on Rajdhani Daily News.

मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेपछि राजश्व सङ्कलन पनि घट्यो

Previous articleघुससहित कार्यालय सहयोगी पक्राउ
Next articleदिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो