शव ओसार्दा ३१ लाख ५९ हजार भ्रष्टाचार

0
30

काठमाडौं । अख्तियारले शव ओसारेकोदेखि हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गर्ने डिएसपीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले हुम्लाका तत्कालीन डिएसपी त्रिलोकबहादुर चन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्रीविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

उनीहरू ४ जना मिलेर सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाल्ने, लास ओसारेको भनी नक्कली विल बनाएर पैसा निकाल्ने गरेर २०७२ असोजदेखि २०७३ असारसम्म ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ ।

लास ओसारेको, तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च ३० लाख ९० हजार ५ सय ८ रुपैयाँ र हुँदै नभएको सिपाही ईश्वरी श्रीश भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा राशन भत्तामा खर्च गरेको ६९ हजार ५१ रुपैयाँ सरकारी रकम निकाली भ्रष्टाचार गरेका थिए ।

The post शव ओसार्दा ३१ लाख ५९ हजार भ्रष्टाचार appeared first on Rajdhani Daily News.

बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट छ : अर्थमन्त्री

Previous articleघुससहित कार्यालय सहयोगी पक्राउ
Next articleदिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो