प्रकृतिमैत्री विकासमा जोड दिनुपर्छ : नेता पौडेल

0
9

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृतिमैत्री विकासमा जोड दिनुपर्नेमा बताउनुभएको छ । गृह जिल्ला तनहुँका विभिन्न कार्यक्रममा सक्रिय हुनुभएको पौडेलले मङ्गलवार शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिँदै प्रकृतिमैत्री विकास गर्नुपर्ने बताउनुभएको हो । 

एक समय थियो हामी प्रकृतिलाई मासेर विकास ग¥यौँ पौडेलले भन्नुभयो, ‘अहिले समय फेरियो, अब प्रकृतिलाई संरक्षण गर्न जरुरी छ ।’ पौडेलले मानव केन्द्रित प्रकृति मैत्री विकास गर्न टोल टोलमा पार्कको अवधारणा ल्याउनुपर्ने बताउनुभयो । उहाँमा मानव स्वास्थ्यलाई समेत ख्याल गरेर बगैँचा, चौतारी, पोखरी निर्माण र रुख बिरुवा रोपण गर्नुपर्ने सुझाव दिनुभयो । 

नगरपालिकाका मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक सहित कर्मचारीहरूसँगको भेटमा उहाँले बाझिएका जमिनमा सामूहिक कृषि गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । यस अघि जिल्लाको विकासका लागि आफूले गरेको प्रतिवद्धताहरुको स्मरण गर्दै उहाँले शुक्लागण्डीमा विशिष्ट सेवा  सहित अस्पताल निर्माणमा जोड दिने बताउनुभयो  । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रतिबद्धता गरेको भन्दै स्वास्थ्य क्षेत्रको विकाससँगै पर्यटनमा टेवा पु¥याउने लक्ष्य रहेको उहाँको भनाई थियो । ‘टुरिजमको सेक्टरहरूलाई विशेष जोड दिनुपर्याे ।’पौडेलले भन्नुभयो । 

उहाँले शुक्लागण्डकी  नगरपालिकामा प्राकृतिक स्रोतको परिचालन मार्फत आम्दानी वृद्धि गर्न सकिने भएकाले भरपुर उपयोगमा जोड दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0