गोरखामा ‘त्रिभुवन पुस्तकालय’को नयाँ भवन

0
10

गोरखा- स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भबन निर्माण भएको छ । १८ वर्षदेखि लगातार बन्द रहेको गोरखा नगरपालिका ६ तीनधारेस्थित पुस्तकालय भबन जिर्ण भएपछि स्थानीयको सक्रियतामा नयाँ निर्माण गरिएको हो ।
२००८ सालमा स्थापना भएको सो पुस्तकालय पटक पटक बन्द हुँदै खुल्दै आएको थियो । तत्कालिन समयमा मनकामना केबलकारका सञ्चालक लक्ष्मण बाबु श्रेष्ठ सहित प्रेमकुमार श्रेष्ठ, चुडानारायण किसुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठ लगायतको समुहले पुस्तकालय स्थापना गरेका थिए । २०७२ सालको भूकम्पका कारण पुस्तकालय भवन भत्किएको थियो ।

स्थानीय मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर तीनवर्ष अघिदेखि पुस्तकालय भबन थालिएको थियो । करिब ४८ लाख रुपैयाँको लागतमा निर्माण भएको भबनको मंगलवार गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले उद्घाटन गर्नुभएको हो ।

भबन निर्माणमा आर्थिक संकलन जुटाउन सक्रिय डाक्टर राजुबाबु श्रेष्ठले पुस्तकालय जिर्ण देखेपछि निर्माण सुरु गर्ने योजना स्थानीयले बनाएको बताउनुभयो ।

कार्यक्रममा दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । पुस्तकालय संचालन र ब्यवस्थापनका लागि कुशललाल श्रेष्ठको अध्यक्षताममा समिति बनाइएको छ । पुस्तकालयमा लक्ष्मणबाबु स्मृती सदन, मनकुमारी स्मृती कक्ष, राधादेवी स्मृती कक्ष, गोपाल भगिरथी स्मृती सदन बनाइएको छ ।।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0