लहानमा करोडौँको रकम मिनाहा भएको खुलासा 

0
18

लहान । सिरहाको लहान नगरपालिकाका पूर्व मेयर मुनि साह सुडीले आसेपासे ठेकेदारको करोडौँ रुपैयाँको ठेक्का रकम मिनाहा गरेको रहस्य बाहिरिएको छ । 

कोरोनाको बहाना देखाउँदै गत आर्थिक वर्ष २०७७/०७८ को नवौँ नगरसभामा उक्त रकम मिनाहा गरेको खुलेको छ । १ करोड ३१ लख ५१ हजार ७ सय ४६ रुपैयाँ ३४ पैसा मिनाहा गरेको पाइएको छ । 

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार ८० जना ठेकेदार मध्ये १० जनालाई मात्र  ठेक्काको ६० प्रतिशतसम्म रकम मिनाहा गरिनुले मिलेमतो भएको प्रष्ट हुन्छ । चौधरीले  भने, ‘यसलाई ठेक्का रकम मिनाहा मात्रै भन्न मिल्दैन, यो सरासर भ्रष्टाचार हो । सम्बन्धित निकायले छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।, 

लहान नगरपालिका ७ का जयकाली सप्लायर्सले ८३ लाख २१ हजार १११ रुपैयाँमा नगरपालिकासँग वातावरण नदी नियन्त्रणको ठेक्का सम्झौता गरेको थियो। त्यसलाई ५४ लाख ५४ हजार २४७ रुपैयाँ मिनाहा गरेको छ। साथै उक्त सप्लायर्सले नदी जन्य पदार्थको उत्खनन तथा निकासीका लागि नगरपालिकासँग १ करोड ३२ लाख ५१ हजार १ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ५१ लख ३९ हजार ४०६ रुपैयाँ मिनाहा पाएको छ। 

गुदरी हाटबजार सेवा शुल्क बापत १९ लाख ५५२ रुपैयाँमा लहान १९ का एआर कन्स्ट्रक्सन लहानले नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले कन्स्ट्रक्सनलाई ७ लाख ९६ हजार ९६ रुपैयाँ मिनाहा गरेको छ।

खसीबाख्रा हाटबजार सेवा शुल्क बापत लहान ९ का मोहम्मद इसा मियाँले १५ लाख ५५१ रुपैयाँमा नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई ५ लाख २३ हजार ६० रुपैयाँ मिनाहा गरेको छ।

बैलहाट पशु बजारको ठेक्का लहान नगरपालिका ७ का जयनाथ प्रसाद रौनियारले ५२ हजार १५५ रुपैयाँमा सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई २६ हजार ७२० रुपैयाँ मिनाहा गरेको छ। खसी बाख्रा हाटबजारको ठेक्का १३ लाख ९ हजार ९० रुपैयाँ मा पाएका उनै रौनियारले यस ठेक्कामा समेत ३ लाख ७५ हजार ४०१ रुपैयाँ मिनाहा पाएका छन् । 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0