पाँच बुँदे माग गर्दै मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरूको धर्ना 

0
10

जनकपुरधाम । मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले विभिन्न पाँच बुँदाको माग गर्दै मन्त्रालयमा आज देखि धर्नामा बसेका छन् । साथै किसानहरूले लेखा तथा खाद्य सुरक्षा महाशाखामा तालाबन्दी गरेका छन् ।  

किसानहरूले अदालतको आदेश अनुसार शितभण्डार निर्माणको रकम भुक्तानी हुनु पर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ  विजन उपलब्ध गराउनु पर्ने, मन्त्रालयको अनुदान सेवामा , सुविधा र  विभिन्न योजनाहरू एकरूपता गरी  किसानहरूको हक हित सुनिश्चितता हुनु पर्ने, शितभण्डारको बाँकी काम गर्नका लागि आदेश हुनु पर्ने र प्राकृतिक तथा विभिन्न कारणले विभिन्न बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति हुनु पर्ने माग सहित धर्नामा बसेका छन् । 

जनता समाजवादी पार्टी नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाइमा धनुषा र सर्लाही जिल्लाका किसानहरू धर्नामा बसेका छन् । आफूहरूले राखेको माग पुरा नभएको खण्डमा कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पनि धर्नामा बस्नु भएका अगुवा किसानहरूले बताउनु भएको छ । 

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिब अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नभएपछि निक्कै समस्यामा परेको सो संस्थाका अध्यक्ष ललित नारायण यादवले जानकारी दिनु भयो । 

यस्तै प्रकृतिको चिस्यान घरको निर्माण कार्य सप्तरी जिल्लामा हुँदा १ करोड भुक्तानी भइसकेको पनि यादवले जानकारी दिनु भयो । सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड खर्च भएपनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि किसानहरू समस्यामा परेको संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद महतोले जानकारी  दिनुभयो । 

यसै बीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव  डा. नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको सबै प्रक्रिया पुरा गरेर भुक्तानी दिने बताउनु भयो । 

अहिले जनता समाजवादी  पार्टी नेपालका नेता विजय कुमार यादवको नेतृत्वमा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रहेको छ । 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0