आरुघाटमा उपभाेक्ता जागरण अभियान

0
7

गोरखा । जिल्लाको आरुघाट गाउँपालिकामा उपभाेक्ता जागरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ आरुघाट इकाईको आयोजनामा भएको कार्यक्रममा गोरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले उपभाेक्ता संरक्षण एेन २०७५ र उपभाेक्ता संरक्षण नियमावली २०७६ का बारेमा आरुघाट क्षेत्रका व्यावसायीहरुलाइ जानकारी गराउनु भएको थियो ।

व्यवसायी पनि उपभाेक्ता हाे । उपभोक्ताको हित विरुद्ध काम गरेमा कारबाही हुन्छ । विल विजक राख्नु, खरिद गरेको मूल्यमा २० प्रतिशत नबढाई सामग्री विक्री गर्नु, म्याद नभएका, म्याद गुज्रेका, स्वास्थ्यलाइ हानी नोक्सानी गर्ने , हप्ता दिनमा बिग्रने सामग्रीहरु विक्री गर्न नपाइने भण्डारीले बताउनुभयो ।

गल्ती गरेमा थाहा छैन भनेर छुट दिन नमिल्ने भएकाले गल्ती नगर्न उनले उपभोक्ताहरूलाई सचेत गराएका छन् । गल्ती गरेमा तोकिएको जरिवाना र जेल सजाय नियमावलीमा उल्लेख भए अनुसार हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले व्यावसायीहरुले आफूलाई उपभाेक्ता सम्झेर व्यवसाय गर्नुपर्ने बताउनुभयो । साथै गुरुङले बुढीगण्डकी डुवानपिडितहरुकाे समस्या समाधानका लागि आफूसँगै जनताको पक्षमा रहेको बताउँदै जान पर्ने ठाउँमा रातदिन नभनी लागि पर्ने जानकारी गराउनुभयो ।

उद्योग वाणिज्य सङ्घ आरुघाट इकाइका अध्यक्ष टिकानारायण श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर अधिकारी, पत्रकार राजेन्द्र न्याैपाने बुढीगण्डकी सरोकार सङ्घर्ष समितिका अध्यक्ष दिनेश कुमार ढकाल, सहारा नेपालका अध्यक्ष हेमराज ढकाल लगायतको सहभागिता रहेको थियो । भीमाेदय बहुमुखी क्याम्पसकाे सभाहलमा भएको कार्यक्रम उद्योग वाणिज्य सङ्घका इकाइ सचिव उत्तम श्रेष्ठले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0