कुवेतमा पहिलोपटक नेपाली वायुसेवा, हिमालयले थाल्यो उडान

0
52

काठमाडौं : हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान शुरु गरेको छ । यस उडानले वैदेशिक रोजगारी तथा बजार प्रवर्द्धनका लागि कुवेत जाने नेपाली व्यवसायी तथा कामदारलाई सहज हुनेछ । हिमालय एयरलाइन्सले शुक्रबार आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।

एयरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने छ । उक्त विमान कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट बिहान ०९ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कुवेतमा हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको भन्दै विज्ञप्तिमा यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको शुरुवात पनि सोही भावनाअनुरुप रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0