कतारको विश्वकप हेर्न जान केके चाहिन्छ ? नेपालीहरु कसरीजान सक्छन् ?

0
222

काठमाडौँ — कतारमाहुने विश्वकप हेर्न जान नेपालीहरु पनि इच्छुक देखिन्छन् । तर उनीहरुलाई त्यसकालागि के के प्रक्रियकाअपनाउनु पर्छ भन्ने नै थाहा छैन । नेपालीले विश्वकप हेर्न जान केके आवश्यक पर्छ त ? कतारमाहुने २२ औं सस्करणको विश्वकपआउन अब चार महिनाभन्दाकम समय बाँकी छ । पहिलो पटक खाडी मुलुकमाहुनलागेको विश्वकपमा संसारभरका कयौं फुटबल फ्यानहरु कतारमै गएर विश्वकप हेर्ने योजनाबनाइरहेका छन् ।

जसकालागिफिफाले तेस्रो चरणको टिकट बिक्रीपनिखुल्ला गराइरहेको छ ।यस वर्षकोविश्वकप नेपालीहरुकालागिपनिविशेष रहेको छ । कतार नेपालबाटपहिले विश्वकपहुने गरेको देशको तुलनामानजिक छ । त्यसैले पनिअन्यविश्वकपमाभन्दा यसपटक सजिलो हुने देखिन्छ । त्यसमापनिचार लाखभन्दा बढी जति नेपालीकामदार हालकतारमा छन् ।

त्यस्ता धेरै नेपालीहरु छन् जो कतारमै पुगेर विश्वकप हेर्ने योजनामा छन् । तर ती इच्छुक व्यक्तिलाई कसरी विश्वकप हेर्न जान सकिन्छ, त्यहाँसम्मपुग्ने प्रक्रियाबारे नै अन्योलता रहेको पाइन्छ ।फिफाले विश्वकप हेर्न जान संसारभर नै एउटै प्रक्रियालागु गरेको छ । पहिले त फिफाले तोकेको मितिमाअनलाईनबाट टिकट किन्न पर्ने हुन्छ । जसकालागिफिफाको वेभसाइटमा गएर अनलाईनमा राखिएको फर्म भर्न आवश्यक छ । तर, के अनलाईनबाट टिकट काट्दैमाविश्वकप हेर्न जानपाईन्छ त ?

विश्वकप हेर्न जाने धेरै हुने भएका कारण अनलाईन निवेदनदिने सबैले कतार जानपाउने भन्ने हुँदैन । त्यसमाफिफाले नै हेर्न जानपाउनेलाई सन्देश पठाउँछ । फिफाबाट प्रमाणित पत्रआइसकेपछि उनीहरुले तोकेको खातामा पैसा जम्मागरिसकेपछि विमानको टिकट काटेर विश्वकप हेर्न जान सकिन्छ ।यसमायुवातथा खेलकुदमन्त्रालय, एन्फावा राज्य स्तरबाट कुनै पनि समन्वयकारी भूमिका रहँदैन । संसारभरि नै आमदर्शककालागिखुलाप्रतिष्पर्धाबाट छनौट गरिन्छ ।

दोस्रो चरणको टिकट बिक्रीगर्दासम्म संसारभरबाट करोडौँ फुटबल प्रेमीको अर्डर आएको फिफाले जनाएको छ । दुई चरणमा टिकट बिक्रीगरिसक्दाअहिलेसम्मजम्मा १८ लाख टिकट बिक्रीभइसकेको छ । तेस्रो चरणको टिकट विक्रीभने जुलाई ५ देखि अगष्ट १६ सम्मलाई खुल्लागरिएको छ ।यसभन्दा अघि पनिफिफाले अनलाइनमार्फत् जसले पहिलो टिकट अर्डर गरेका थिए उसैलाई टिकट वितरण गरेको थियो ।

फिफाकाअनुसार विशेषगरी उद्घाटन र फाइनल खेलहरूको लागि सर्वाधिक टिकटको अर्डर आएको छ । प्रतियोगिताको पहिलो टिकट आवेदनजनवरी १९, २०२२ माखोलिएको थियो ।विश्वकपअवधिभर ३० लाख टिकट बिक्रीगर्ने अपेक्षा राखेको फिफाले आयोजककतारका लागिविशेष श्रेणीको टिकटको व्यवस्था गरेको छ । कतारी नागरिकले विश्वकपकालागि तेस्रो श्रेणीको टिकट प्राप्तगर्ने छन् ।

फिफाले अहिलेसम्मएसियामुलुकका समर्थकले सबैभन्दा धेरै टिकट खरिद गरेको सार्वजनिक गरेको छ । जसमाआयोजककतारबाहेक, भारत, साउदी अरेविया, स्पेन, संयुक्त अरब इमिरेट्स (युएई) क्यानडा, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी र अमेरिका रहेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0