रत्ननगरले एक वर्षमा भ्रमणमा मात्र खर्च गर्यो २८ लाख

0
368

निराजन घिमिरे, १२ साउन- रत्ननगर नगरपालिकाले एकवर्षमा भ्रमणमा मात्र झन्डै २८ लाख खर्च गरेको पाइएको छ । नगरपालिकाका कर्मचारी तथा पदाधिकारीहरुको भ्रमण तथा भ्रमण भत्ता बापत एकैवर्षमा करिब २८ लाख रुपैयाँ भुक्तानी भएको देखिएको हो ।

सार्वजनिक खर्चमा मितव्ययितता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ विपरीत नगरपालिकाले यसरी खर्च गरेको हो ।

महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनका अनुसार कर्मचारी तर्फ रु. २४,६८,४००/- र पधाधिकारी तर्फ ३,२८,२००/- खर्च गरेको वित्तिय विवरणमा उल्लेख छ । विभिन्न कर्मचारीले विभिन्न समयमा विभिन्न ठाउँको भ्रमण गरेको भ्रमण आदेश र भ्रमण बिल अनुसार खर्च लेखिए पनि भ्रमणको अभिलेख भने नराखेको प्रतिवेदनमा जनाईएको छ ।

साथै भ्रमण गर्दा भ्रमण गर्ने कर्मचारीको स्पष्ट विवरण समेत नराखेको पाईएको छ । यसबाट भ्रमणको उद्देश्य पुरा भए नभएको जानकारी पाउन नसकिने महालेखाले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्: रत्ननगरमा के कति निर्माण ठेक्का संचालनमा छन् अभिलेख नै छैन: महालेखा

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0