जनजागृतीका एसईई उत्कृष्ट विद्यार्थीलाई हरि ढकालको नगद पुरस्कार

0
291

निराजन घिमिरे, साउन १५- रत्ननगरको जनजागृती माध्यमिक विद्यालयका एसईई परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सोहि विद्यालयका पुर्व विद्यार्थी तथा समाजसेवी हरि ढकालले नगद सहित सम्मान गरेका छन् । उनले सर्वोत्कृष्ट हुने ६ जना विद्यार्थीहरुलाई सम्मान गरेका हुन् । उत्कृष्ट एक छात्र र एक छात्रालाई जनही १३ हजार रुपियाँ र अन्य चार जनालाई जनही ६ हजार रुपैयाँ प्रदान गरिएको हो ।

विद्यालयमा आइतवार आयोजित ‘एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा शैक्षिक परामर्श कार्यक्रम’ मा ढकालले उक्त पुरस्कार रकम हस्तानान्तरण गरेका हुन् । ढकालले २३ वर्ष अगाडी यसै विद्यालय बाट एसएलसी परिक्षा उतिर्ण गरेका  थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ढकालले परिक्षामा अंक कम वा बढी आउंदैमा निरास र उत्साहित हुन आवश्यक नरहेको बताए । परिक्षा एउटा नियमित प्रक्रिया रहेको उल्लेख गर्दै ढकालले परिक्षामा कम अंक ल्याउने विद्यार्थीले पनि जीवनमा निकै ठुलो उपलब्धी हासिल गरेको बताए । आफ्नो स्कुले जीवनको रमाईला किस्सा सुनाउँदै ढकालले त्यो बेला आफु पनि निकै अल्छि र ब्याकबेन्चर रहेको बताए । एसएलसी परिक्षामा गणित विषयमा आफुले जम्मा ३४ अंक ल्याएर पास गरेको सुनाउँदै उनले त्यसपछि आफुले कडा मेहनत गरेकै कारण आजको सफलता हासिल गरेको सुनाए ।

ढकाल हाल पुंजी बजार विश्लेषकको रुपमा चर्चित छन् । शहीदस्मृति क्याम्पस टाँडीमा अनेरास्ववियु बाट आफ्नो राजनैतिक यात्रा सुरुगरेका ढकाल हाल दलिय राजनीतिबाट टाढा बसी स्वतन्त्र उम्मेदवारको रुपमा संघिय चुनाव लड्ने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1