जबर’जस्ती कर’णी आरो’पमा भरतपुरका संजोग मगर पक्राउ

0
1728

भरतपुर । जबर’जस्ती कर’णी आ’रोपमा चितवन प्रहरीले भरतपुरका संजोग मगरलाई पक्राउ गरेको छ। भरतपुर–८ बस्ने वर्ष २१ का मगरले खैरहनीकी युवतीलाई यही साउन १३ गते राति करिब साढे १० बजेको समयमा राप्ती नगरपालिका ५ चौकीडाँडास्थित चौतारामा भेट्न बोलाई कर’णी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

चितवन प्रहरीका अनुसार मगरले युवतीलाई चौतारोमा भेट्न बोलाई माया गर्ने र विवाह गर्ने प्रलोभन देखाएपछि ड’र ध’म्की देखाउँदै जबर’जस्ती कर’णी गरेको पी’डितले बताएकी छन्। करणीको आरो’पमा मगरलाई चितवन प्रहरीले साउन १४ गते राति करिब १० बजेको समयमा खैरहनी नगरपालिका वडा नं.४ बाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

यो पनि: बालिकालाई ब’लात्कार गरेको आरो’पमा एक जना पक्राउ

१८ साउन, दाङ । दाङमा आठ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले पी’डितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो । घरमा कोहि नभएको मौका पारेर उनले बालिकलाई मंगलबार मकैबारीमा लगेर ब’लात्कार गरेको उजुरी आएको डीएसपी अर्यालले बताए । बालिकाले यौ’नअंग दुखेको आमालाई बताएपछि घटना बाहिर आएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1