
भरतपुर,चितवन। एक हप्ते वर्षे बिदाको समयलाई सदुपयोग गर्दै अर्किड स्कुलले आफ्ना विद्यार्थीहरूको लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सम्पन्न गरेको छ। जसमध्ये, कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित ‘म्यासिभ ओपन अनलाइन कोर्ष (मुक) तथा बुट क्याम्प’ सम्पन्न भएको छ। आइ. सि. टी तथा अनलाइन कोर्षमा इच्छुक ३२ जना विद्यार्थीहरूले लगातार तीन दिनको कोर्ष पूरा गरी कोर्ष प्रमाणपत्र सहित दीक्षित भएका छन्।
अनलाइन कोर्ष अन्तर्गत प्रशिक्षक सुजल पौडेलले वेबपेज डिजाइनिंग, प्रशिक्षक प्रवेश भण्डारीले इमेज एडिटिंग, मेरो कोडिंग क्लास, काठमाडौंका प्रशिक्षकद्वारा कोडिंग र पाइथन, प्रमोद अधिकारीले हार्डवेयर बेसिक र मुक्तिराम सापकोटाले ‘कोर्सेरा’ अनलाइन कोर्षको प्रशिक्षण दिनु भएको थियो।
उक्त आइ. सि.टी क्याम्पको संयोजन अनलाइन कोर्ष संयोजक मुक्तिराम सापकोटाले गर्नुभएको थियो।