ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी घोषणा, कँहा बाट लड्दैछन् चुनाब ?

0
97

भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चा कमाएका ज्ञानेन्द्र शाही आसन्न संसदीय निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने भएका छन् । भ्रष्टाचार विरोधी अभियानपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका शाहीले आगामी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ जुम्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

राप्रपाका प्रवक्तासमेत रहेको शाहीले सोमवार उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टीप्यालेजमा आयोजित कार्यक्रममा उनले आफू जुम्लाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने घोषणा गरे । यसअघि २०७४ को निर्वाचनमा त्यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र महत निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धन कायम रहेको हकमा माओवादी केन्द्रले नै पुनः टिकट पाउने सम्भावना रहेको बताइन्छ ।

जुम्ला नै किन 

आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख-दु: खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ । ‘ भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0