गठबन्धन बहुमत ल्याउन होइन एमालेलाई बहुमत ल्याउनबाट रोक्न बनेको हो

0
37

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि विपक्षी दलहरूले बनाइरहेको गठबन्धन बहुमत ल्याउनलाई नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विपक्षी दलहरूको गठबन्धन बहुमत ल्याउनलाई नबनेको बताए। बरू प्रमुख प्रतिपक्षी दल एमालेलाई बहुमत ल्याउनबाट रोक्नको लागि बनाइरहेको तर्क गरे।

नेपाली जनताहरू नेकपा एमालेको वरिपरि गोलबन्द भएको र समृद्ध नेपाल सुखी नेपाल बनाउने राष्ट्रिय आकांक्षा सफल पार्न एक जुट भएको पनि उनले बताए। यही कुराले विपक्षी दल आत्तिएको पनि उनले बताए। जसकारण आउँदो चुनावका लागि गठबन्धन बनाइरहेको उनले बताए।

‘यही कुरासँग आत्तिएका छन् केही प्रतिक्रियावादीहरू, यससँग आत्तिएर पाँच दलीय गठबन्धन, पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन्। कहिले आठ दलीय गठबन्धन बनाउने कहिले के बनाउने भनेर कुदिराख्याछन्,’ उनले भने, ‘यो गठबन्धन किन बनाउन पर्‍यो? यत्ति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो!’

चुनावपछि दलहरू मिलेर सरकार बनाउने भन्दा पनि एमालेले बहुमत ल्याउने डरले गठबन्धनको लागि कसरत गरिरहेको उनले बताए। उनले थपे,‘एमालेले बहुमत ल्याइहाल्छ अनि अरूले के मिलेर बनाउने र। त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास भइरहेको छ। गठबन्धन बहुमत ल्याउन होइन एमालेलाई बहुमत ल्याउनबाट रोक्न बनेको हो।’

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0