फ्लाई दुबई बाट काठमाडौँ ओर्लेका सोमबहादुरको भित्री वस्त्र पगाल्दा प्रहरी पर्यो चकित

0
2345

काठमाडौं : फ्लाई दुबईको उडानबाट काठमाडौं आएका एक जना सुनसहित पक्राउ परेका छन्। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका २४ वर्षीय सोमबहादुर विक भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन्। विमानस्थल प्रहरीले सुनको जलप लगाएको एक किलो कपडा बरामद गेर पनि गलाउँदा ४१८ ग्राम निस्किएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही उडानबाट आएका रिवाज गजमेर पनि पक्राउ परेका छन्। एक किलो ७ सय ग्राम सुनको जलपसहितको कपडासहित उनी पक्राउ परेका हुन्। सुनलाई पग्लाउँदा ५५४ ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ। सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुलीका सागर न्यौपाने र धनबहादुर विकलाई समेत प्रहरीले पक्राउ गरेको छ।

यो पनि: नेपाली काम खोज्दै विदेश जान्छन् ,विदेशी नेपाल आउँछन्

काठमाडौं। वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन्। यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्,तर त्यति ठूलो संख्यामा भने होइन। पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ। विभागका अनुसार पछिल्लो एक वर्ष अर्थात गत आर्थिक वर्ष २०७८–७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन्।

सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए। पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ। २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ,१०६ जना बेलायती,८६ जना अमेरिकी,६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ।

२०७९ साल सुरु भएपछिको तीन महिना– वैशाखमा १९६,जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ। श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेका छन्।

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0