प्रहरीको असई हुँ भन्दै ठग्दै हिड्ने दुईजना चितवनको जुटपानी बाट पक्राउ

0
1947

चितवन, भदौ २०– प्रहरीको असई हुँ भन्दै नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित विशाल पौडेल र विजय महतलाई शनिबार पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आईसक्रिम तथा कुल्फि बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय विरेन्द्र साहलाई उनीहरुले ‘हामी प्रहरी हो’ भनि प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई शरीर खानतलासी लिई साहसँग भएको नगद पाँच हजार ४०० रुपैयाँ डाँका गरी भागेका थिए ।

निजहरूको हर्कत अस्वाभाविक लागी साहले स्थानीय सँग गुनासो गरेपछि स्थानीयले गरेको खबरको आधारमा प्रहरी कार्यालय जुटपानी बाट खटिएको प्रहरी टोलीले ऊनीहरुलाई पक्राउ गरेको हो।

यो पनि पढ्नुहोस्: पत्रकार सिंजालीको उपचारको लागि पूर्वि चितवन पत्रकार मञ्चको आर्थिक सहयोग

रत्ननगर – चितवनका अग्रज पत्रकार विरबहादुर सिंजालीको उपचारको लागि आइतवार आर्थिक सहयोग गरिएको छ । पूर्वी चितवन पत्रकार मञ्चले सिंजालीको उपचारका लागि २० हजार रुपैया आर्थिक सहयोग गरेको हो । राप्ती निवासी सिंजालीको घरमै पुगेर मञ्चका अध्यक्ष सहित पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले रकम हस्तान्तरण गरेका हुन ।

सिंजालीको निवासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्वतमान अध्यक्ष रवि भट्ट, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष तथा मञ्चका उपाध्यक्ष राजेन्द्र आचार्यले रकम हस्तान्तरण गरेका थिए । सिंजाली विगत लामो समय देखि मधुमेह ग्रसित भएर उपचार पछि घरमै छन् ।

उपचार र औषधि खरिदमा आर्थिक अभाव भएपछि पूर्व उपाध्यक्ष समेत रहेका सिंजालीलाई आर्थिक सहयोग गरिएको अध्यक्ष सापकोटाले बताए । २०५५ सालदेखि पत्रकारिता सुर गरेका सिंजाली २०५८ सालमा पत्रकार महासंघको सदस्य बनेका थिए । ग्रामिण क्षेत्रका मुद्दाहरुलाई सञ्चार माध्यमद्धारा राज्यको ध्यानाकर्षण गराउन सिंजालीले खेलेको भूमिका अहम रहेको छ ।

मञ्चका अध्यक्ष सापकोटाले लामो समय पत्रकारितामा योगदान गरेका पत्रकारहरुलाई भत्ता दिने विषयमा राज्यले तोकेको उमेरहद अस्विभाविक रहेको बताए । उनले निरन्तर २० बर्ष काम गरेका पत्रकारहरुलाई कार्यअबधिका आधारमा भत्ताको व्यवस्था गर्न माग गरे । पत्रकार महासंघका कोषाध्यक्ष तथा मञ्चका उपाध्यक्ष आचार्यले स्थानीय तहको समन्वयमा पत्रकारहरुलाई औषधि उपचार खर्चको व्यवस्था गर्ने गरी पहलकदमी भइरहेको बताए ।

अग्रज पत्रकार सिंजालीले पेशबाट अबकास लिएपछि रोग र भोकको अबस्था र्सिजना भएको बताए । मञ्चका सचिव ध्रुवराज खनालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव विकास पौडेल, पत्रकारहरु निराजन घिमिरे, रामेश्वर रिजाल, विशाल आले, सन्तोष बस्ताकोटी, ध्रुव लामिछाने, मनिष अधिकारी, कमल ढकाल लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0