रत्ननगरमा डेङ्गु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम

0
48

रत्ननगर । चितवनको रत्ननगरमा डेङ्गु नियन्त्रणको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई प्रशिक्षण दिइएको छ । चितवनमा महामारी तर्फ उन्मुख डेङ्गु रोगको नियन्त्रण र सचेतनाका लागि सरोकारवाला पक्षलाई डेङ्गु रोग र यसबाट हुने खतराका बारेमा प्रशिक्षण दिइएको हो ।

स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले डेङ्गु नियन्त्रणका लागि गम्भिर भएर लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । घर,आगन र समाजको सरसफाई देखि टायर पसलको सरसफाई सम्म स्थलगत रुपमै काम गर्न उनले आग्रह गरे । पानी जम्ने टायरहरु उठाएर ल्याउनु होस उनले भने यसको जिम्मेवारी नगरपालिकाले लिनेछ । प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले महामारी फैलिनुपूर्व डेङ्गु रोग नियन्त्रणका प्रयास हुन जरुरी रहेको बताए ।

कोरोनापछि डेङ्गु महामारी तर्फ उन्मुख हुँदैछ उनले भने यसको नियन्त्रणको काम बर्षभरीनै गर्नुपर्छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दुर्गादत्त चापागाईले चितवनमा डेङ्गुको अबस्था र नियन्त्रणको लागि गरिएका प्रयास तथा रत्ननगर अस्पतालका मेसु डा.मदन ज्ञावलीले डेङ्गु रोगबाट बच्ने उपाय र सोही अस्पतालका जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले कीटजन्य रोगका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले चालु आर्थिक बर्षको दुई महिनामा २ हजार ४०० जनामा डेङ्गु परीक्षण गर्दा चितवनमा २९४ जनामा संक्रमण पुष्टि भएको बताए । डेङ्गु एकप्रकारको ज्वरो हो उनले भने निको हुन सिटामोल र आत्मबल चाहिन्छ ।

स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले रत्ननगरमा चालु आर्थिक बर्षमा ५०१ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले डेङ्गु नियन्त्रणको लागि विहीबार र शुक्रबार १६ वटै वडामा लार्भा खोज र नष्ट गर अभियान चलाउने बताए । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधार पौडेलले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0