पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

0
61

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे तीन बजेतिर पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।

राति सुतिरेहका बेला एक्कासी पहिरो खसेर घर पुरिदा उनीहरुको मृत्यु भएको हो । चलाल रोडाढुंगा उद्योगका कारण पनि घरमाथि पहिरो गएको स्थानीयले बताएका छन् ।

काठमाडौं महानगरभित्र असोज १ गतेबाट सार्वजनिक ठाउँमा धुम्रपान निषेध, अटेरी गरे कारबाही

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज एक गतेदेखि धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज एकगतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0