पुलमा स्कुटर र मोबाईल छाडेर नारायणी नदीमा हामफालेका युवक वेपत्ता

0
391

३० भदौ, चितवन । चितवनको नारायणी नदीमा हामफालेका एक युवक वेपत्ता भएका छन् । बागमती प्रदेश ३०-२००२ प ९१३६ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर नारायणी नदीमा हामफालेके जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै निलो रंगको चप्पल र सामसुङ कम्पनीको मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । नारायणी नदीबाट हामफालेर आत्म-हत्याको प्रयास गर्ने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ ।

निहारिकाको छोरा र शिवराजको डीएनए परीक्षण, रिपोर्ट आउन बाँकी

निहारिका राजपुत प्रकरणमा जोडिएका शिवराज श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षण गरिएको छ। केही दिनअघि उच्च अदालत जनकपुरको आदेशअनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा दुवै जनाको डीएनए परीक्षण गरिएको हो। यसको रिपोर्ट भने आउन बाँकी छ।

लामो समयदेखि निहारिका राजपुतले आफ्नो छोरा शिवराज श्रेष्ठको भएको भन्दै डीएनए परीक्षण गर्नुपर्ने माग गर्दै आएकी छिन्। यसै क्रममा उनी पछिल्लो समय काठमाडौंमा धर्ना बस्नेदेखि आत्मदाहसम्मको प्रयास गरेकी थिइन्। निहारिकाले आरोपित गरेका शिवराज श्रेष्ठलाई प्रहरीले यही बीचमा साउन ३१ गते पक्राउ समेत गरेको थियो। उनी २४ दिन प्रहरी हिरासत बसेर छुटिसकेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले १ हजार धरौटीमा उनलाई छाडेको थियो। सोलगत्तै उनी डीएनएका लागि उच्च अदालत जनकपुरमा भदौ २३ मा उपस्थित भएका थिए। तर अदालतले अब डीएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाटै हुने भन्दै उतै पठाइदिएको थियो। सोहीअनुसार उनको डीएनए परीक्षण गरिएको हो।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0