हिजो नारायणीमा हामफाल्ने व्यक्ति कालिका जुटपानीका अनुप पोखरेल भएको पुष्टि

0
3330

चितवन । नारायणी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । बेपत्ता हुने व्यक्ति कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

पोख्रेललाई प्रहरीले अझै फेला पारेको छैन । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल छाडेर नदीमा हाम फालेका थिए । पोख्रेलको खोजीका लागि विपद व्यवस्थापनसहितको प्रहरी टोलि खटिएको उनले बताए ।

जापनिज इन्सेफ्लाइटिसका कारण चितवनमा एकजनाको मृत्यु

भरतपुर । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा हुन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकि थिइन्। जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कार्यालय प्रमुख चापागाईँका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआउनुभएकाले उनको खोजी भइरहेको छ । राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किएकि थिइन्। उनको स्मरण शक्ति कमजोर देखिएको छ ।

कालिका नगरपालिकाका एक जना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किनुभएको र उनको अवस्था सामान्य रहेको प्रमुख चापागाईँले जानकारी दिए । रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नं २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या रहेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2