अमिलियाको वृद्धआश्रमलाई सनराईज बैंकको सहयोग

0
213

उज्यालो नेपाल, असोज ६- सनराईज बैंकले रत्ननगर वडा नं. १३ मा रहेको असहाय वृद्ध कल्याण समाजलाई सहयोग गरेको छ । बैंकको टाँडी शाखाले असहाय वृद्धवृद्धाहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्थालाई बिहीबार एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरेको हो ।

बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको लागी खाद्यान्न, लताकपडा, वाटर डिस्पेन्सर, हिटर लगायतको सामाग्री वितरण गरेको वैंककि शाखा प्रवन्धक रश्मी श्रेष्ठले जानकारी दिईन्  ।

संस्थामा हाल जना चौधजना वृद्धवृद्धा  आश्रित छन् । बैंकले स्वास्थ्य, समाजकल्याण  शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3