चितवनका युवा जसले समाल्छन् युएईको पाँचतारे होटलको भान्छा

0
6791
Five cats looking around a field.

उज्यालो नेपाल, असोज १४- चितवन रत्ननगर माधवपुरका श्याम अम्गाई युएई बस्न थालेको १५ वर्ष बढी भयो । युएईको प्रतिष्ठित पाँचतारे होटल ‘लि रोयल मेरिडीयन’ मा उनि ‘हेडसेफ’ को रुपमा कार्यरत छन् । युएईको मेरिडीयन ग्रुपले लगानी र व्यवस्थापन गरेको दुबईको मरिनामा रहेको ‘लि रोयल मिर्डीयन’ होटलको भान्सा उनकै जिम्मामा छ। हेडसेफका रूपमा उनले होटलका भान्सा र उसले पस्किने परिकारको व्यवस्थापन गर्छन्।

कम्पनीले उनलाई खान र बस्नको लागी सबै प्रबन्ध गरिदिएको छ । मासिक नेपाली ४ लाख भन्दा बढी तलब बुज्ने श्याम र परिवारको आवास र यातायातको लागी कम्पनीले ठुलो रकम खर्च गर्छ । ‘हेडसेफ’ श्याम युएईमा कामको ईज्जत हुने बताउंछन् । यहि कारण आफुले क्यानाडा, अष्ट्रेलिया जस्ता मुलुक बाट आएका अवसर त्यागेर युएईमै काम गरेको उनको भनाई छ।

होटलको ठुलो जिम्मेवारी बोकेका श्याम सधै व्यस्त हुन्छन् । तर व्यस्तताको बाबजुत उनि सामाजिक कार्यमा निकै सक्रिय छन् । युएईमा रहेर सेफको काम गर्ने नेपाली युवाहरुलाई संगठित गरेर सन् २०१८ मा ‘नेपाली सेफ सोसाईटी’ गठन गरिएको थियो।  श्याम सोसाईटीका संस्थापक अध्यक्ष हुन् । सोसाईटीले युएईमा विविध कारणले अलपत्र र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेको छ ।

त्यतिमात्र होइन सोसाइटीले युएईका तारे होटलहरुमा नेपाली स्वाद तथा परिकारहरुको प्रवर्धन समेत गर्दै आईरहेको छ । नेपाली परिकारलाई प्रवर्धन गर्ने क्रममा श्यामले आफु कार्यरत होटलको रेष्टुरामा ‘नेपलिज विन्टर सुप’ को नाममा गुन्द्रुक र भटमासको झोल, ‘माउन्ट एभरेष्ट म:म’ को नाममा नेपाली म:म लगायत परिकारको स्वाद विदेशीहरुलाई चखाईरहेका छन् ।

परदेशी भूमीमा रहेर पनि देश र देशवासीलाई असाध्यै माया गर्ने श्याम युएईमा समस्यामा परेका नेपालीहरुको सारथी हुन् भन्दा फरक पर्दैन । विभिन्न कारणले युएईमा समस्यामा रहेका  १०० भन्दा बढी नेपाली युवालाई उनले प्रतिष्ठित कम्पनीहरुमा काम लगाईदिएका छन् । श्यामकै पहलमा सडकमा अलपत्र परेका सयौं नेपालीलाई सेफ सोसाइटी र एनआरएन संगको सहकार्यमा उनले उद्दार गराएको युएई बाट चितवनका राजकुमार देवकोटाले बताए ।

 

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
14