रत्ननगरमा नि:शुल्क दन्त परिक्षण शिविर हुँदै

0
142

उज्यालो नेपाल, असोज २९- चितवनको रत्ननगर पिठुवामा रहेको भद्रकाली युवा क्लबले नि:शुल्क दन्त शिविर गर्ने भएको छ । पिठुवाकै भद्रकाली मन्दिर परिसरमा यहि असोज ३० र ३१ गते दन्त शिविर आयोजना गर्न लागिएको हो ।

क्लबले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप निःशुल्क दन्त शिविर आयोजना गर्न लागिएको क्लबका अध्यक्ष निराजन घिमिरेले बताए ।

शिविर विहान १०:०० बजे बाट सुरु हुनेछ । नेदरल्याण्ड ओरल हेल्थ सोसाईटीको प्राविधिक सहयोग रहने उक्त कार्यक्रममा नेदरल्याण्ड बाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिनेछन् । कार्यक्रममा रत्ननगर र खैरहनीका गरि १५० जना भन्दा बढीले सेवा  लिने अपेक्षा गरिएको छ ।

आफ्नै घर-आँगनमा आउन लागेको शिविरको भरपुर फाईदा उठाउन क्लबका उपाध्यक्ष  बद्रि लामिछानेले स्थानीयलाई आग्रह गरे ।

भिडियो 

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2