समानुपातिक तर्फ नेपाली कांग्रेसले छानेको ३२ सांसदमा को को परे ?

0
42

प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी प्राप्त सिट संख्याका आधारमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक र पदाधिकारी छलफलबाट प्रतिनिधिसभा समानुपातिक सांसद टुंगो लगाइएको हो ।

समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ‘तीन पुरुष को को पठाउने ?’ भन्ने विवाद थियो । संंघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले पाएको ३२ सिट मध्यमा २९ महिलाको नाम तय गरेको हो । पुरुषतर्फ भने सबै ‘क्लस्टर’को पहिलो नम्बर प्रभावशाली नेता थिए । खस–आर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियारको नाम बन्दसूचीमा पहिलो नम्बरमा थियो ।

त्यस्तै, थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए । तर, बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि प्रवक्ता महत, पूर्वउपसभापति निधि र हालका सहमहामन्त्री परियार छानिएका हुन् । अन्य नेता भने बन्दसूचीमै सीमित भएका छन् । कांग्रेसले महिला समानुपातिकतर्फ प्रधानमन्त्रीपत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँणलाई चयन गरेको छ ।

त्यस्तै, आदिवासी जनजातितर्फबाट सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा सेरचनको नाम तय गरेको छ । यसैगरी, खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल, मैना रावल कार्कीको नाम तय भएको छ ।

मधेसीतर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी कर्ण चयन भएका छन् भने दलिततर्फ शान्ति विक, रुपा विक, सीता मिजार र आशा विकको नाम कांग्रेसले तय गरेको हो । यसैगरी, थारुतर्फ कल्पना चौधरी र विनाकुमारी थनेत, मुस्लिमतर्फबाट जावेदा खातुन् जागाको नाम तय गरेको छ । पुरुष दलिततर्फ जीवन परियार, मधेसतर्फबाट विमलेन्द्र निधि खस आर्यतर्फबाट पुरुषतर्फ प्रकाशशरण महतलाई कांग्रेसले प्रतिनिधिसभा सदस्य छानेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0