उज्यालो नेपाल- बागमती प्रदेशको प्रदेशसभा समानुपातिक तर्फको ४४ सिटका लागि दलहरुले निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागतमी प्रदेशसभा सदस्यका लागि समानुपापितक सूचिबाट एमालेले १४ जना, कांग्रेसले १२ जना, माओवादी केन्द्रले ७ जना, राप्रपाले ६ जना, एकीकृत समाजवादीले २ जना, नेमकीपाले २ जना र हाम्रो नेपाली पार्टीले एकको नाम सिफारिस गरेको हो ।
यसरी सिफारिस हुने मध्ये चितवन बाट ६ जना छन् । सिफारिस हुने छ जनामा नेपाली कांग्रेसबाट ३ जना, एमाले बाट २ जना र माओवादी केन्द्र बाट १ जना छन् । नेपाली कांग्रेसले गीता गुरुङ, माया श्रेष्ठ, बिनु रायमाझी पौडेललाई सिफारिस गरेको छ । यस्तै एमालेबाट हरिप्रसाद सापकोटा र बालकुमारी विश्वकर्मा सिफारिस भएका छन् भने माओवादी केन्द्रबाट ईश्वर सापकोटा सिफारिस भएका छन् ।

यसअघि प्रदेश सभाको प्रत्यक्ष तर्फ चितवनबाट ६ जना निर्वाचित भईसकेका छन् । निर्वाचित हुनेहरुमा नेकपा एमालेबाट २ जना, एकिकृत समाजवादी बाट १ जना, नेपाली कांग्रेसबाट १ जना, माओवादी केन्द्रबाट १ जना र राप्रपा बाट १ जना छन् । प्रत्यक्ष र समानुपातिक गरि चितवनबाट बागमती प्रदेशासभामा १२ जनाको प्रतिनिधित्व हुनेभएको छ। जुन कुल सदस्य संख्याको २७.२७ प्रतिशत हो ।
प्रदेशसभाको लागी समानुपातिक तर्फ दलहरुले सिफारिस गरेको सुची
नेपाली कांग्रेस
- समिता खड्गी श्रेष्ठ (काठमाडौं)
- लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर)
- गीता गुरुङ (चितवन)
- यमुनादेवी श्रेष्ठ (काठमाडौं)
- याङकिला शेर्पा रुइत (काठमाडौं)
- माया श्रेष्ठ (चितवन)
- शिवराज अधिकारी (धादिङ)
- उर्मिला नेपाल (तेह्रथुम)
- मीना पोखरेल (झापा)
- शान्ता ढकाल (काठमाडौं)
- बिनु रायमाझी पौडेल (चितवन)
- सुना परियार (काभ्रे)
नेकपा एमाले
- दिनेशचन्द्र देवकोटा (गोरखा)
- हरिप्रसाद सापकोटा (चितवन)
- भारती कुमारी पाठक (मकवानपुर)
- अप्सरा चौलागाईं (काभ्रे)
- मायाकुमारी कार्की (रामेछाप)
- बिन्दु श्रेष्ठ (काठमाडौं)
- माइली तामाङ (सिन्धुपाल्चोक)
- सुकुमाया तामाङ (सिन्धुली)
- सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर)
- उर्मिला सुनुवार (दोलखा)
- आनन्दकुमार श्रेष्ठ (रामेछाप)
- ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक)
- ठूला थामी (दोलखा)
- बालकुमारी विश्वकर्मा (चितवन)
नेकपा माओवादी
- देवेन्द्र श्रेष्ठ (भक्तपुर)
- उर्मिलाकुमारी लामा (महोत्तरी)
- सुष्पा भुजेल (सिन्धुली)
- डोल्मा थामी (दोलखा)
- ईश्वर सापकोटा (चितवन)
- अमृता नेपाल (सिन्धुपाल्चोक)
- रुकु चौलागाईं (काभ्रे)
राप्रपा
- कुमारी तामाङ (सिन्धुपाल्चोक)
- आशा लामा (काठमाडौं)
- धनेश्वरी प्रजापति (भक्तपुर)
- मोनिका श्रेष्ठ (दोलखा)
- भुवनकुमार पाठक (काठमाडौं)
- लक्ष्मी घिमिरे (रामेछाप)
हाम्रो नेपाली पार्टी
- सरिता खड्गी (काठमाडौं)
नेकपा एकीकृत समाजवादी
- ओमकुमारी श्रेष्ठ (लमजुङ)– आदिवासी महिला
- मायादेवी शर्मा (बागलुङ)– खस आर्य
नेमकिपा
- सृजना सायजु (भक्तपुर)
- गीता काफ्ले (भक्तपुर)
