मध्यरातमा श्रीमतीको करेन्ट लगाएर हत्या, पछि गाडीले किच्ने दाजुभाई पक्राउ

0
65

काठमाडौं । वीरगञ्जकी एक महिलाको हत्या गरेको अभियोगमा एकै घरका दूई दाजुभाई पक्राउ गरेका छन् । श्रीमती रिंकुकुमारीको हत्या गरेको अभियोगमा उनकै पति कुसल दास र देवर भरत दास पक्राउ परेका छन् । मध्यरातमा कुसलले रिंकुलाई करेन्ट लगाएर मारेको प्रहरीको आरोप छ । रिंकुको निधन भइसकेपछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्ने गाडीले कुल्चिएर मारेको प्रहरीले जनाएको छ ।

दाजुभाईले रिंकुको शव शिवम ह्याचरीभित्र गाडीमा लुकाएका थिए । दाजुभाईको सल्लाहले भाइ भरतले चलाउदै आएको ना.३ ६२४७ नम्बरको गाडीले रिंकुको टाउकोमा किचेका थिए । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल राखिएको छ। बुधबार बिहान वीरगन्ज महानगरपालिका–२७ जसौलीस्थित सडकमा रिंकु मृत फेला परेकी थिइन्। कुशल र भरत दुवैजना चालक हुन् ।

श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ

कपिलवस्तु । श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।

डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ । मंगलबार राति १०:३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका-६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए ।

छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0