ट्वाईलेट गएकी श्रीमतीलाई अर्कैले अँगालो हालेको देखेपछी …

0
361

बैतडी– बैतडीको पाटनस्थित कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका शिक्षक ५५ वर्षीय धन बहादुर विष्टको मृत्युमा आफ्नै विद्यालयकी छात्रासँगको ‘शं’कास्पद व्यवहार’ प्रमुख कारण रहेको प्रहरीले जानकारी दिएको छ। पुस २ गते दिउँसो ३ बजेतिर पाटनस्थित उनी बस्ने छात्रावास पछाडिको भिरालो जमिनमा शव फेला परेको थियो। प्रहरीका अनुसार उनको भिरालो जमिनमा घोप्टो परेको, अनुहारको भाग थिचिएको र र’गतले लत्‌पतिएको अवस्थामा बिष्टको शव फेला परेको थियो।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा बिष्टले अध्यापन गर्ने कृष्ण माविमा अध्ययनरत छात्रा, बैतडीको पुरचौडी नगरपालिका–३ न्वादेश घर भएकी बिमला बोहरा र उनका श्रीमान्‌ प्रजा बहादुर बोहरालाई पक्राउ गरेको थियो। पक्राउ परेका बोहरा दम्पतिले नै शिक्षक बिष्टको ह’त्या गरेको देखिएको प्रहरीले दाबी गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकी बिमला बोहरा कृष्ण मावि पाटनमा डिप्लोमा इन कम्प्युटरमा चौथो सेमेस्टरमा अध्ययनरत छात्रा हुन्। उनी शिक्षक बिष्ट बस्ने छात्राबासमै बस्ने गरेकी थिइन्।

प्रहरीका अनुसार पुस १ गते बिमलाका श्रीमान प्रजा बहादुर पनि सँगै छात्राबासमा बस्न आएका थिए। उक्त दिन राति करिब २१:४५ बजेतिर बिमला शौचालय जानुछ भन्दै कोठाबाट निस्किएकी थिइन्। लामो समयसम्म पनि बिमला नफर्किएपछि प्रजा उनको खोजीका लागि बाहिर निस्किएका थिए। बाहिर निस्किने क्रममा शिक्षक भर्‍याङमा शिक्षक बिष्टले बिमलालाई ‌‘अंगालो हालेर दुर्व्य’वहार गरिरहेको’ देखेपछि आफूले बिष्टलाई तानेर भूइँमा पछारेर कु’टपिट गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन्।

‘…बिष्टको कोठामा जाने सिँढीमा मृतक धन बहादुर बिष्टले बिमला बोहरालाई अँगालो हाली हातपात गर्न खोजेको देखेर रिस थाम्न नसकी आवे’शमा आई धन बहादुर बिष्टलाई सिंढीबाट तल तानी भुइँमा पछारी छातीमा र मुखमा मुक्का हानी ढलेको। ततपश्चात प्रजा बहादुर बोहराले सो स्थानदेखि अलि पर लगी एक हातले मृतक धन बहादुर बिष्टको मुख छोपी अर्को हातले नजिकै रहेको कडा बस्तु समाती टाउको र आँखा नजिकको भागमा हानेको अनुसन्धानको क्रममा खुल्न आएको,’ घटनाका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बैतडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बोहोराको मृत्यु भएपछि दुवै जनाले मिलेर उनको शव छात्रबासको पछाडि, ३० मिटर तल रम्बासको झ्याङनजिक फालेको प्रहरीले उल्लेख गरेको छ। पक्राउ परेका बोहरा दम्पत्तिविरुद्ध जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिइ कर्तव्य ज्यानको कसु’रमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1