चितवन-१ का सांसद ढकालको सम्पर्क कार्यालय उद्घाटन

0
263

खैरहनी, पौष १६ । चितवन क्षेत्र नम्बर १ का संघीय सांसद हरि ढकालले सम्पर्क कार्यालय स्थापना गरेका छन् । आज शनिबार खैरहनी-८ मा विधिवत रुपमा कार्यालयको उद्घाटन गरिएको हो । जन गुनासो सुन्ने अपेक्षा सहित कार्यालयको स्थापना गरिएको ढकालले बताएका छन् । विगतका दिनहरुमा झैँ जनप्रतिनिधि र जनताको दुरी टाढा हुन नदिनको लागि बिहान १० बजे देखि ४ बजेसम्म खुल्ने तरिकाले कार्यालय सञ्चालनमा ल्याइएको उनले बताएका छन् ।

आफूहरुले वाचापत्रमै कार्यालय स्थपना गर्ने भनेर उल्लेख गरेको सांसद ढकालले बताएका छन् । “आफू भूगोल वा फिल्ड भन्दा बाहेक उक्त कार्यालयमा रहनेछौँ भनेर वाचापत्रमा उल्लेख गरेका छौँ ।” उनले भने ” कार्यालय के का लागि भन्दा जनगुनासो सुन्नको लागि, जनगुनासो सम्बोधन गर्नको लागि र आम जनतासँग सामिप्यता कायम गर्नको लागि हो ।”

कार्यालयमा सचिवालयको टीम बस्ने ढकालको भनाइ छ । पार्टीको केन्द्रीय नीति अनुसार ‘र्यापिड याक्सन टीम’ फोर्स बन्ने उनले बताए । विज्ञ, पार्टीको टीम र स्वयं आफ्नै निर्देशनमा सचिवालयका कर्मचारीहरुले काम गर्ने उनले बताएका छन् ।

सरकारको काम जनतालाई सुनाउन र जनताका गुनासो संसदमा पुर्याउनमा कार्यालयले सेतुको काम गर्ने उनले बताए । संघीय संसदको हैसियतले पाएको सेवा सुविधाबाट कार्यालय सञ्चालन गरिने सांसद ढकालले बताएका छन् ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1