जगन्नाथ थपलिया बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त

0
38

चितवन – प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ क बाट निर्वाचित एमाले नेता जगन्नाथ थपलिया बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। थपलिया एमाले संसदीय दलका नेता समेत हुन्।  यसैगरी राप्रपा संसदीय दलका नेता उद्धव थापा पनि मन्त्री नियुक्त भएका छन्।  प्रदेशको मुख्य मन्त्रीमा माओवादी केन्द्रका संसदिय दलका नेता शालिकराम जम्मकटेल हिजै नियुक्त भइसकेका छन्।

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनिहरुलाई  प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । एमाले दल नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाबाट उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थपलिया हालै सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा १७ हजार ६८८ मत ल्याएर बिजयी भएका थिए।  थपलिया एमालेको केन्द्रीय सदस्य समेत हुन् भने उनी २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

बागमतीको सरकारमा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सहभागी छन् । सरकारमा पनि एमालेले ५ मन्त्रालय, माओवादीले ४, राप्रपा र एकीकृत समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0