खैरहनी महोत्सवमा आज राजु परियार र भूमिका गिरीको धमाका रहने

0
5

माघ १० गते । पुर्वी चितवनको खैरहनिमा जारी प्रादेशिक महोत्सवमा घुम्न आउनेहरुका लागि आयोजकले उपहारको ब्यबस्था मिलाएको छ । टिकट काटेर महोत्सव
घुम्ने मध्य ३ जनालाई उपहारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । अवलोकन गर्नेहरुमध्यबाट लक्की ड्र गरेर स्कटुर , वासिङ मेसिन र स्मार्ट टि भी प्रदान गरिने आयोजकले जनाएको छ ।

५० रुपैयाँको टिकट काटेर महोत्सव अवलोकन गर्नेहरु मध्य एक जनाले बम्पर उपहारमा यामाहाको स्कुटर प्राप्त गर्ने संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । लक्की ड्र मार्फत नै वासिङ मेसिन र स्मार्ट टि भी समेत उपहारमा प्रदान गरिनेछ । त्यस्तै खैरहनी महोत्सवको टिकटले पर्सा बजारमा रहेको म्याङ्गो जनज्योती हलमा चलचित्र हेर्दा ५० रुपैयाँको छुट पाउने छन् ।

अवलोकनकर्ताले आफूले काटेको टिकट सुरक्षित साथ राख्नुपर्ने र पछि लक्की ड्र मा विजेता भएपछि टिकट लिएर आए मात्रै उपहार पाइने आयोजक उद्योग बाणिज्य संघ खैरहनिका प्रथम उपाध्यक्ष कुमार खनालले जानकारी दिए ।

त्यस्तै महोत्सवको टिकटले पर्सा बजारमा रहेको मेगा पोलिक्लिनिकमा सेवा लिदाँ १० प्रतिशत छुट , चितवन डेन्टलमा सेवालिदाँ १० देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । उद्योग बाणिज्य संघ खैरहनी र नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको सयुक्त आयोजनामा माघ ४ गतेदेखि संचालित महोत्सव माघ १५ गते सम्म चल्नेछ ।

महोत्सवको सातौं दिन मंगलबार रास्ट्रिय कलाकार राजु परियार,भुमिका गिरि लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0