आफ्नै घरभित्र हातखुट्टामा टेपले बाँ’धेको अवस्थामा महिलाको शव फेला

0
2180

१५ माघ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताए । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा ह’त्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

उनको घरको चेनगेट बन्द अवस्थामा छ । तालिम प्राप्त कुकुर नल्याएसम्म गेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।शेरचन आज बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँ’धेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनको शव चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् ।आफ्नै घरभित्र हातखुट्टामा टेपले बाँ’धेको अवस्थामा महिलाको शव फेलागंगादेवीकी आफन्त सुनील शेरचेनले घटना सं’कास्पद भएकाले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1