
चितवन, माघ १५ । जंगली हात्तीको आक्रमणबाट खैरहनीको कुमरोजमा ३ जना घाइते भएका छन् । खैरहनी १३ सिम्रेनिबाट सौराहा काम गर्न आउँने क्रममा आइतबार बिहान ७ बजे हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट तारा आले, निसा चौधरी र राधा चौधरी घाइते भएका स्थानीय संचारकर्मी संजय दुवाडीले बताए ।
घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । जंगलको सिमाना जोडिएको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तीले उनीहरुलाइ आक्रमण गरेको खैरहनी १३ का वडा अध्यक्ष कुलप्रसाद भुसालले जानकारी दिए ।

सकियो खैरहनी महोत्सव,अपेक्षाकृत रहेको आयोजकको दावी
खैरहनी १५ माघ । चितवनको खैरहनीमा माघको पहिलो साता सुरु भएको प्रादेशिक महोत्सव आईतवार समापन गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा माघ ४ गतेदेखी महोत्सव सुरु भएको थियो ।
महोत्सवमा कृषि,पर्यटन र उद्योगलाई लक्षित गरिएको थियो । महोत्सव समापनमा वोल्दै आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव संयोजक दिपेन श्रेष्ठले एकै समयमा जिल्लामा तीन वटा महोत्सव संचालन भएपनि यो महोत्सव अपेक्षाकृत भएको वताए ।विषम परिस्थितिमा महोत्सव हुनु चुनौतीपूर्ण थियो,संयोजक श्रेष्ठले भने – सन्तोषजनक रुपमा सक्यौं,त्यो ठुलो उपलव्धी हो ।

