रत्ननगर- रत्ननगरको टाँडीमा रहेको रत्ननगर बकुलहर अस्पताललाई बागमती प्रदेश सरकारले एम्बुलेन्स हस्तानान्तरण गरेको छ । प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्स बुधबार अस्पताललाई हस्तान्तरण गरिएको हो ।
तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको थियो । ५२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरिएको ‘ख’ वर्गको एम्बुलेन्स अस्पताललाई हस्तानान्तरण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए ।
एम्बुलेन्स संचालन निर्देशिका २०७८ मा ‘ख’ वर्गको एम्बुलेन्स भन्नाले निम्न सेवासुविधा भएको एम्बुलेन्सलाई जनाउँछ ।