‘विश्वास’ गर्दा सुकुम्बासी बनेकी सितादेवी

0
2775

निराजन घिमिरे,चैत ४- गोरखा सिरानचोक जौवारीकी सितादेवी कंडेल घर नजिकै चियापसल गरेर बस्थिन् । श्रीमान् भीमबहादुरको रोजगारीको क्रममा भारतको नयाँदिल्लीमा निधन भएपछी तिन सन्तानको लालनपालनको जिम्मा सितादेविको काँधमा थियो ।

श्रीमान् बितेपछी विधवा सितादेविलाई घरमा फरक व्यवहार हुन थाल्यो र उनि घर छोडेर नजिकै चिया पसल गर्न थालिन् । चिया बेचेर तिन लालाबाला हुर्काएकी सितादेविले केहि रकम जम्मा समेत गरेकी थिईन् । श्रीमानले रोजगारीले गर्ने नयाँदिल्लीको भारतिय कम्पनीले उपदान बापत ६० हजार भारतिय रुपैयाँ दिएको थियो । तिनै पैसा जम्मा पारेर उनले चितवनको साबिक भरतपुर नगरपालिका वडा नं. ११ मा १० धुर घडेरी किनेकी थिईन् ।

चियापसल गर्दैगर्दा उनको सम्पर्कमा आए नजिकै रहेको ईलाका प्रहरी कार्यालय जौवारीमा कार्यरत प्रहरी जवान दिपक परियार । चितवन खैरहनी वडा नं. १० कठार स्थाई घर भएका दिपक सितादेविलाई दिदीको साईनो लगाउंदै पसलमा बारम्बार आईरहन्थे । श्रीमती पनि संगै लिएर पसलमा आउनेजाने दीपकलाई सितादेविले भाई स्वीकारेकी थिईन् ।

आउनेजाने क्रम बाक्लिएपछी दिपकले सितादेविसंग केहि पैसा रहेको कुरा थाहा पाए । पैसाको सुईंको पाएपछि दिपकले पैसा फुत्काउन अनेक प्रयत्न गरे । श्रीमतीको गरगहना गोरखा बजारमा लगेर आफुले धरौटी राखेको र त्यो सुन ल्याउन पैसा आवश्यक रहेको भन्दै दिपकले सितादेविसंग पैसा मागे । ‘भाईले पैसा मागेपछि नदिने कुरै भएन, त्यसैले आफुले आँखा चिम्म गरेर’ २ लाख हातमा राखिदिएको सितादेवी बताउँछिन् ।

अझ पैसा लिनेबेलामा दिपकले ‘सुन ल्याएपछि त्यो सुन तपाई आफै राख्नु, मैले पैसा फिर्ता गरेपछि म सुन लैजाउँला’ भन्दै विश्वास दिलाएका थिए । त्यो पैसा दिपकले फिर्ता गरेनन् नत सुन ल्याएर राख्न नै दिए । त्यसको केहि समयपछि फेरी दिपकले अर्को समस्या देखाएर पैसा मागे । ससुराको उपचार गर्न पैसा आवश्यक परेको भन्दै दिपकको श्रीमान्-श्रीमती नै आएर रोईकराई गरेपछि सितादेविको मन पग्लियो । पहिलाको २ लाख र अहिलेको २ लाख संगै फिर्ता गर्छु भन्दै दिपक पैसा लिएर निस्किए ।

समय बित्दै गयो । पैसा छिट्टै फिर्ता गर्छु भनेका दिपकको त्यो पैसा फिर्ता गर्ने दिन कहिल्यै आएन । बारम्बार ताकेता गर्दा पनि सितादेविले पैसा  फिर्ता पाउन सकिनन् । यसैबीच सितादेविले चितवनमा घडेरी किनेको कुरा दिपकले चालपाए । दिपकको नजर अब त्यो जग्गामा पर्न थाल्यो । जग्गा फुत्काउने उद्देश्यले दिपक फेरी सितादेवी संग नजिक हुन थाले । व्यवहार विग्रियर पैसा तिर्न नसकेको भन्दै घरमै आएर रुवाबासी गर्न थाले ।

आँसु देखेपछी  सितादेवी पग्लिईन् । ‘तपाईको जग्गा दिनुस्, दृष्टिबन्धकी राखेर पैसा निकाल्छु, आएको पैसाले व्यवहार मिलाएर तपाईको पैसा र जग्गा पैसा फिर्ता गर्छु’ भन्दै दिपकले अर्को नाटक रचे । ‘छोरीको कसम खाएपछि मैले अविश्वास गर्ने सकिन, सितादेविले रुँदै सुनाईन् । त्यतिबेला सम्म सितादेविको जेठीछोरी सुनिताको विवाह भैसकेको थियो । दिपकले प्रहरीको उच्च तहमा मेरो पहुँच छ, छोरीज्वाई दुबैलाई प्रहरीमा भर्ती गराईदिने आस्वासन पनि दिए ।

पुरानो पैसा पनि उठ्ने र छोरी ज्वाई पनि प्रहरीमा भर्तिहुने विश्वासमा सितादेवी भरतपुरको घडेरी दृष्टिबन्धकी राखेर २ लाख ५० हजार निकालीदिन तयार भईन् । २०६८ सालको माघमा साबिक पटिहानी वडा नं. ४ कि सितादेवी ढुंगानासंग साढेदुई लाख पैसा दिपकले लिए, कंडेलले दृष्टिबन्धकीको कागजमा ल्याप्चे लगाईंन् । तर सितादेविलाई दिइएको कागजमा दृष्टिबन्धकी उल्लेख गरेर मालपोत कार्यालयमा जग्गा राजिनामा पास गराईयो ।

पटिहानी वडा नं. ४ कि सितादेवी ढुंगानालाई जग्गा दृष्टिबन्धक दिएको कागज
पटिहानी वडा नं. ४ कि सितादेवी ढुंगानालाई जग्गा दृष्टिबन्धक दिएको कागज

लेखापढी व्यवसायीले मालपोत भित्र कर्मचारीले ‘जग्गा बेचेको हो ?’ भनेर सोधे ‘हो ‘ भन्न सितादेविलाई सिकाए । नत्र काम नहुने डर सितादेविलाई दिपकले पहिल्यै देखाएका थिए । नगद ४ लाख पहिल्यै उम्काएका दिपकले घडेरी दृष्टिबन्धकी राखेर फेरी साढेदुई लाख उम्काउन सफल भए । जग्गा दिने बेलामा छोरी सुनिताले त आमालाई रोक्न खोजेकी थिईन्, तर पुरानो पैसा उठ्ने विश्वासमा सितादेविले छोरीको कुरा मानिनन् ।

एकमहिनाको भाकामा पैसा र जग्गा फिर्ता गर्छु भनेका दिपक विस्तारै परपर हुन थाले। सितादेविले पैसा कि फिर्ता गर कि कागज गर, भनेपछि दिपकले चल्याख्याँई गरेर सामान्य कागजमा विधि नपुर्याई आफैले व्योहोरा लेखेर हस्ताक्षर गरि सितादेविलाई थमाईदिए। त्यतिबेला प्रक्रिया पुर्याएर कागज गर्न सकेको भए उनि कानुनी रुपमा बलियो हुने थिईन् ।  यसैबीच सितादेवी चितवन झरिन् । चितवन आउने क्रममा दिपकले केहि सहयोग पनि गरे । भरतपुर, पदमपुर हुँदै सितादेवी अहिले रत्ननगरको वडा नं. १४ गैरीगाउँमा बस्दै आएकी छन् । एकमहिनामा पैसा र जग्गा फिर्ता गर्छु भनेका दिपकले १० वर्ष बित्दा पनि अझै फिर्ता गरेका छैनन् ।

दिपक परियारले सितादेविलाई झुक्याउन गरिदिएको कागज

दिपकको फट्याई चाल पाएपछि जग्गा दृष्टि राखेर पैसा दिएकी पटिहानीकि सितादेवी ढुंगानाले आफ्नी पैसा पाए जग्गा फिर्ता गरिदिने बताईन् । तर कंडेलको परिवार जग्गा फिर्ता गराउने अवस्थामा थिएन । त्यसपछि कंडेलकै नजिकका एक आफन्तले पैसा तिरेर जग्गा स्वीकारेका छन् ।

यो बिचमा न्याय खोज्दै सितादेवी धेरै ठाउँमा धाईन् । वडाकार्यालय देखि प्रहरी चौकी सम्म धाउँदा पनि उनले कतै बाट सहयोग पाउन सकेकी छैनन् । दीपककी घर भएको खैराहनीको वडा नं. १० ले सितादेविको निवेदनको आधारमा दुवै पक्षलाई राखेर छलफल गराउने प्रयत्न गर्यो, तर दिपक सम्पर्कमा नभएपछि त्यो पनि सम्भव भएको छैन । दीपकका वृद्ध बुबाआमा वडामा आएर छोराको कारोबार बारे आफु अनविज्ञ रहेको र छोरा सम्पर्कमा नभएको जानकारी दिएका छन् ।

आफु अन्यायमा परेको भन्दै दिपकको घर भएको खैरहनी वडा नं. १० वडा कार्यालयमा छलफल गराउनको लागी सितादेविले दिएको निवेदन

त्यसैगरी ईलाका प्रहरी कार्यालय रत्ननगरले पनि दीपकका बुबाआमालाई बोलाएर छोराको बारेमा खोजबिन गर्यो । तर उनीहरुले वडाकार्यालय मै दिएको जवाफ प्रहरीलाई पनि दिए । कुनै लिखित प्रमाण विनानै लेनदेन गरेको देखिएकाले कानुनी रुपमा प्रहरीले केहि गर्न नसक्ने ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विश्व सुवेदीले जानकारी दिए । एकल महिलालाई समस्या परेको देखेर व्यवहारिकता हेर्दै सितादेबी र दीपकका बाबुआमालाई राखेर आफुले एक चरण छलफल गराईदिएको सुवेदीले बताए ।

सितादेविको निवेदन पछी वडा कार्यालयले दिपकको आमाबुबालाई झिकाई गराएको छलफलबाट गरिएको निर्णय
सितादेविको निवेदन पछी वडा कार्यालयले दिपकको आमाबुबालाई झिकाई गराएको छलफलबाट गरिएको निर्णय

अपरिचितलाई भाई बनाएर बिस्वास गर्दा सितादेविको नगद र १० धुर घडेरी गुमेको छ । दीपकलाई समाउन सके आफ्नो सम्पती फिर्ता गर्न सकिनेमा सितादेवी विस्वस्त छिन्, तर दिपक सम्पर्कमा छैनन् । भएको सम्पतीमा दिपकले जालझेल गरेपछि सितादेवीको परिवार हाल रत्ननगर १४ पिठुवाको कयरखोला छेउको सुकुम्बासी बस्तीमा बसिरहेको छ । जुठोभाँडा माझेर जम्मा गरेको कमाई गुमेपछि सितादेविले दिपकको खोजी गरिदिन आग्रह गरेकी छन् ।

 

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
2
+1
2