
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचनका मिति नजिकिँदै जाँदा विभिन्न घटनापनि बाहिरिन थालेका छन् ।
शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका छन् ।

क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ ।
खुकुरीसहित क्याम्पस पसेका व्यक्तिलाई नियन्त्रणमा लिँदै स्ववियु सभापति तपेन्द्रजंग शाही (निलो टिसर्ट) र छुटाएर लैजान खोज्दै नेकपा एसनिकट युवा संघका उपाध्यक्ष नितेश पौडेल (गुलाबी टिसर्ट)
खुकुरीसहित पक्राउ पर्ने मनोज चन्द भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनलाई स्ववियु सभापति तपेन्द्रजंग शाहीसहितका अखिलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी होइनन् ।

