शहीदस्मृतिमा स्ववियु निर्वाचन: अध्यक्षमा सापकोटा र सुवेदी भिड्दै

0
52

रत्ननगर । रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी नेताहरु राजेन्द्र सापकोटा र मनिष सुवेदी बीच प्रतिस्पर्धा हुँदैछ ।

सापकोटा अखिल सयुक्त प्यानलबाट र सुवेदी नेपाल विद्यार्थी संघबाट चुनावी मैदानमा छन् । सो क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सहित पाँच दलका विद्यार्थी संगठन बीच चुवानी सहकार्य गरिएको छ ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भने एकल प्रतिस्पर्धामा रहेको छ । अखिल संयुक्तबाट नेकपा एमाले निकट अनेरास्ववियु,माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,राप्रापा निकट विद्यार्थी राप्राबि संघ, एकीकृत समाजबादी निकट अनेरास्ववियु र विप्लव माओवादी निकट विद्यार्थी संगठनबीच चुनावी तालमेल गरी अखिल सयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।

अखिल सयुक्त प्यानलबाट अध्यक्षमा सापकोटा सहित सचिवमा मोनिका सिलवाल र कोषाध्यक्षमा पानस तामाङ, प्रत्यक्ष तर्फ सदस्य अनिता भण्डारी, चिरञ्जवि ढुंगाना, नितिन बस्नेत, विमला चौधरी, विष्णु प्रसाद बगाले, सविना श्रेष्ठ र सुरक्षा गुरुङ चुवानी मैदानमा छन् ।

अखिल सयुक्तबाट समानुपातिक तर्फ सदस्य पदका लागि सन्र्दभ खनाल, समिर अधिकारी, नविन खड्का, रोशन शर्मा कँडेल, सन्ध्या लामिछाने, विपना लम्साल, पुनम रेग्मी, अनिता थापा र सन्देश भण्डारी चुवानी मैदानमा छन् ।

नेपाल विद्यार्थीसंगबाट अध्यक्षमा सुवेदी सहित सचिवमा अमिरबाबु खनाल,कोषाध्यक्षमा प्रमिला बुढाथोकी र प्रत्यक्ष तर्फ सदस्यहरुमा अफ्सरा विक, अभिषेक खनाल, निशा शर्मा, प्रकृति चौधरी, रोहित चौधरी, सफल रिजाल, सुलभ सुवेदी चुनावी मैदानमा छन् ।

नेविसंघबाट समानुपातिक तर्फ सदस्य पदका लागि शिव लामिछाने, प्रकृति रिजाल, महेश्वर लोहनी, आयुष गौली, रोहित गुप्ता, सुदिप थापा, सरोज शर्मा, सन्तोष पौडेल र प्रमिला नेपाल चुनावी मैदानमा छन् । निर्वाचनबाट पदाधिकारी सहित १९ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनको क्याम्पस कमिटी निर्वाचित हुने छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचनबाट निर्वाचित हुने र दुई पदाधिकारी पद उपाध्यक्ष र सहसचिव समानुमातिकबाट निर्वाचित सदस्यबाट मनोनित गर्ने व्यवस्था रहेको छ । सो क्याम्पसमा १ हजार २२४ जना विद्यार्थीले पदाधिकार प्रयोग गर्ने छन् ।

१४ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई सफल बनाउन विद्यार्थी नेताहरु सक्रिय भएर लागेका छन् । दुबै पक्षबाट विभिन्न पदमा उम्मेदवारी दिएका विद्यार्थी नेताहरु अहिले भोट माग्न विद्यार्थीहरुको घरदैलो गरिरहेका छन् ।

शहीद स्मृतिमा यस अघि दुई कार्यकाल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन जितेको थियो । पाँच विद्यार्थी संगठनको अखिल सयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार सापकोटा चुनाव जित्नेमा ढुक्क छन् ।

हामी जितको नजिक छौं सापकोटाले भने यो विश्वास मलाई मतदाता विद्यार्थीहरुले दिलाएका छन् । नेपाल विद्यार्थी संघबाट अध्यक्षका उम्मेदवार सुवेदीले पनि चुनाव जित्नेमा आफु ढुक्क रहेको बताएका छन् । मलाई अधिकाँस विद्यार्थीको साथ छ उनले भने भोट माग्न विद्यार्थीको माझमा पुग्दा उनीहरुले देखाएको सदभावले उत्साहित छु ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0