रत्ननगर- चितवनको रत्ननगर १६ पिठुवामा रहेको लायन्स क्लब अफ चितवन पिठुवाले यहि जेठ १३ गते शनिवार वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
अस्पतालहरुमा भईरहेको चरम रक्त अभावलाई केहि हदसम्म भएपनि पूर्ति गर्ने उद्देश्यले ‘वृहत रक्तदान कार्यक्रम’ आयोजना गरिएको क्लबका अध्यक्ष विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
क्लबले वडा नं. १६ कार्यालय संगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । रक्तदान कार्यक्रम वडा कार्यालयको परिसरमा बिहान ७ बजे देखि सुरु हुनेछ ।