रत्ननगरका पशुलाई ‘लम्पी स्किन’ माहामारी विरुद्ध खोप सुरु

0
162
Five cats looking around a field.

निराजन घिमिरे, रत्ननगर –पशुमा तीव्र फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि रत्ननगर नगरपालिकाले गाईवस्तुलाई खोप लगाउन सुरु गरेको छ। प्राविधिक खटाएर किसानको गोठ–गोठमै पुगी नि:शुल्क रुपमा खोप लगाउन सुरु गरेको नगरले जनाएको छ।

नगरका झण्डै १५ हजार पशुलाई खोप लगाउनेक्रम धमाधम चलीरहेको पशुशाखा प्रमुख शालिकराम पौडेलले जानकारी दिए। ‘तीव्र फैलिएको लम्पी स्किन रोगले अहिलेसम्म नगरमा २ वटा पशु मरिसकेका छन्,’ उनले भने, ‘ गत शुक्रबार सम्मको तथ्याङ्क अनुसार अन्य ४५ वटा गाईमा संक्रमण पुुगिसकेको छ।’

किसानको महत्वपूर्ण आम्दानीको श्रोत महामारीको कारण नै गुम्ने अवस्था आएपछि नगरले नियन्त्रणको लागी पहल गरेको हो।’

‘संक्रमित पशुमा नभइ निरोगी पशुमा रोग सर्न नदिन यो खोप लगाइन्छ,’ शाखा प्रमुख पौडेलले भने, ‘विशेषगरी १२ महिना उमेर पुगेका बाच्छाबाच्छी देखि माथिका गाईहरुलाई बचाउन यो खोप केन्द्रित गरिएको छ।’

मुलुकका विभिन्न स्थानमा दुधालु गाईमै रोग देखिएपछि दूध उत्पादनसमेत घटेको छ। संक्रमित पशुले दूध दिन नसक्ने भएकाले दूध उत्पादनमा कमी आएको हो।

रत्ननगरका वडा नं. ११ र १३ मा यही रोगका कारण १/१ वटा गाईको मृत्यु भईसकेको छ। नगरका अन्य १६ वटै वडामा रोग फैलँदो क्रममा रहेको पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1