बालयौन दुराचारमा नेता पक्राउको समाचार आएपछी फेसबुकमा शुभचिन्तकको अश्लिल बर्बराहट

0
148
Five cats looking around a field.

चितवन , ६ साउन । नेकपा एकिकृत समाजवादीका नेता गणेश लामा एक वालिकालाई यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ परेपछि उनका एक शुभचिन्तक उग्र बनेका छन् । राप्ती ६ निवासी नेकपा एकिकृत समाजवादी निकट युवा संघको राप्ती नगरका सचिव निलेश महतो सामाजिक संजालमा समाचार लेख्ने पत्रकार माथि अपशब्द बोल्दै उग्र बनेका हुन् ।

लामा पक्राउको समाचार लिंकमा उनले अपशब्द सहितको कमेन्ट गरेका छन् । महतोले आफ्नो फेसबुक आइडिबाट “पिडित बालिकाको नाम पनि लेख” भन्दै अपशब्द लेखेका छन् । त्यस्तै लामा पक्राउको समाचार हटाउन केहि पत्रकारहरुलाई उनले धम्की समेत दिएका छन् ।

उनले सेताेनेपाल डटकमका प्रधान सम्पादकलाई समाचार नहटाए जे पनि हुन सक्ने भन्दै फाेनमा धम्की दिएका थिए । महतो राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको निकटका पात्रा मानिन्छन् ।

यसअघि समेत महतोले विभिन्न व्यक्तिहरुलाई सामाजिक संजालमा तुच्छ र अपशब्द सहितको गालीगलौच गर्ने गरेको पाईएको छ । सामाजिक संजालमा राप्तीका नगरप्रमुखको कसैले सामान्य आलोचना मात्रै गरेपनि महतोले त्यहाँ अपशब्द सहितको कमेन्ट गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0